श्रीमतीको हत्या गरी फरार भएका मगर पक्राउ

धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ का शेरबहादुर नामजाली मगर श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए । मगरलाई श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घटना घटाइ फरार रहेका उनलाई बिहीबार बिहान गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनले श्रीमती ललिताको हत्या र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *