USAID

रोनाल्डोको युरो २०२४ खेल्ने लक्ष्य

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले हालसालै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको मनसाय नबनाएको बताएका छन् । क्विनास डी ओरो अवार्ड समारोहमा बोल्दै रोनाल्डोले सन् २०२४ मा हुने युरोकप खेल्ने लक्ष्य रहेको बताएका हुन् ।

३७ वर्षीय रोनाल्डोले आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकपपछि सन्यास लिन सक्ने सबैले आकलन गरेका थिए । मंगलबार राति सार्वाधिक गोलकर्ताको अवार्ड जीतेका रोनाल्डो आझै केहिवर्ष खेल्न आफु सक्षम रहेको बताएका हुन् । विश्व फूटबलका सर्वाधिक गोलकर्ता रोनाल्डोले पोर्चुगलको लागि १ सय ८१ खेलमा १ सय १७ गोल गरेका छन् । सर्वाधिक गोलकर्ता बन्ने क्रममा उनले गर्त वर्ष इरानका अली दाईको नाममा रहेको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए ।

भेटरान खेलाडी रोनाल्डोले यस सिजन इरिक टेन हकको प्रशिक्षणमा आफ्नो लय समात्न संघर्ष गरिरहेका छन् । जारी सिजन उनले मात्र एक गोल गरेका छन् । तर पोर्चुगलको टोलीमा उनको स्थानको कुनै प्रश्न भने छैन् । नेसन्स लिग अन्तर्गत यसै हप्ता चेक रिपब्लिक र स्पेनविरुद्ध हुने खेलमा उनले टोलीको कप्तानी गर्दैछन् ।

“म राष्ट्रिय टोलीको लागि अझै केहि वर्ष खेल्न सक्ने विश्वास छ ।” रोनाल्डोले अवार्ड समारोहमा भने, “मेरो महत्वाकांक्षा उच्च छ । मेरो बाटो यहाँ सकिएको छैन । टोलीमा धेरै युवा खेलाडी छन् र म विश्वकपमा हुनेछु र आगामी युरोकपमापनि हुने आशा छ ।“

रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकपको उपाधि जीतेको थियो । यस्तै कतारको विश्वकपमापनि उपाधिको दाबेदारको रुपमा हेरिएको पोर्चुगल उरुग्वे, दक्षिण कोरिया र घानासँगै समूह ‘एच’मा रहेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.