आज श्री शाके १९४४ वि.स.२०७९ असोज ६ गते बिहीबार इश्वी सन २०२२ सेप्टेम्बर २२ तारीख आश्विन कृष्णपक्ष द्वादशी तिथि अश्लेषा नक्षत्र शिव योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु द्वादशीश्राद्ध,सामाजिक सेवा दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक झोरझमेलाले सताउन सक्नेछ । गरिरहेको कार्यमा अधिक समय व्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईँको कमजोरीको फाइदा अरुले लिन सक्छन् ।सभा सम्मेलनमा सरिक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफूँ अग्रसर भएको खण्डमा भने अरुको विश्वास जितिने छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा झन्झटपूर्ण रहन सक्छ । काम गर्दा विशेष सावधानी अपनाउनु होला, सामान्य अपजस आइपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईँले भोग्नुपर्ला । मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्च हुने योग रहेको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजनहरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुने छ । खानपानमा विशेष ध्यान दिनुहोला । तपाईँको बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन । नजिकका व्यक्तिबाट धोका हुन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ कामको थालनी हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परेता पनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विश्वासिलो व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रु सबल रहने छन् । नयाँ लगानीको क्षेत्रमा विशेष होस पुर्याउनुहोला । सहयोगी व्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईँसगँ प्रतिस्पर्धा गर्ने व्यक्तिहरुको बृद्धि हुनेछ । निर्णय लिने क्षमतामा ह्रास आउने छ । साझेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थमा गडबढी रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । वाैद्धिक व्यक्तिहरुका बिचमा आफू कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बाैद्धिकताको सर्वत्र कदर हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानीले सामान्य झन्भट आइपर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुन सक्नेछ । तपाईँको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय व्यतित रहने योग रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य शँका उपशंकाहरुको निवारण हुने दिन रहेको छ । परिश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहने छ । मित्र तथा दाजु भाइहरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला । भाग्योदयको योग रहेको छ । निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिने छ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनुपर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दवाबको कारण मानसिक समस्या आइपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथ सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । कार्य सम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य सुखमा बाधा पर्न सक्छ । मातृपक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । आँट शाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट बेर्होनु पर्ला । नयाँ कार्यको थालनी गर्नका निम्ति उत्तम समय रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारिवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा आम्दानी मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिनेछ । गरिरहेको कार्य क्षेत्रबाट आकस्मिक धनलाभ हुने योग रहेको छ । विद्यार्थी वर्गका निम्ति समय उत्तम रहने छ ।