काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो ।
नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको भन्दै त्यसको समर्थनमा उसले प्रदर्शन गरेको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयकसमेत जलाएको छ ।