मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

काठमाडौ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना ३५ दिनभित्र हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ।

महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो।

यो सूचना प्रकाशित भएको मितिले ३५ ९पैतिस० दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न अनुरोध छ। उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरेमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचनाहरु हटाउने महानगरले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *