रुसलाई युरोकप छनोट खेल्न प्रतिबन्ध

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय(यूईएफए)ले रुसलाई युरोकप-२०२४ को छनोट खेल्न प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युईएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि रुस र रुसी क्लबले फिफा र युईएफएको प्रतिबन्ध भोगिरहेका छन् । रुसलाई युरोकप छनोटको ड्रमा समावेश नगरिएको युईएफए विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । फिफाले यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत रुसलाई प्रतिबन्ध गरिसकेको छ ।

युरोकपको ड्र अक्टोबर ९ मा हुँदैछ । जर्मनी आयोजकको रुपमा सिधै युरोकपमा स्थान बनाउँदा ड्रमा ५३ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिनेछ । पाँच टोलीको ७ समूह र ६ टोलीको तीन समूह रहने युईएफएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *