नवौं राष्ट्रिय खेलकुद : क्रिकेटमा पुलिसलाई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले स्वर्ण पदक जीतेको छ । शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजीत गर्दै पुलिसले स्वर्ण जीतेको हो ।

वर्षाको कारण ८–८ ओभरमा छोट्याइएको खेलमा १ सय ४ रनको विजयी लक्ष्य पाएको पुलिसले २ विकेटको क्षतिमा ६५ ओभरमा १ सय ५ रन बनाउँदै लक्ष्य भेट्टायो । पुलिसको लागि कुशल भुर्तेलले बिस्फोक ब्याटिङ गर्दै १९ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५१ रन बनाए । यस्तै सुनिल धमलाले ४२ रन बनाउँदा अरिफ शेखले ६ र दीपेन्द्र सिंह एरीले ४ रन बनाए ।

आर्मीको लागि जितेन्द्र मुखिया र सुसान भारीले समान १-१ विकेट लिए ।

यसअघि टियु क्रिकेटमैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । आर्मीको लागि विनोद भण्डारीले ४०, रोहित पौडेलले २८, कुशल मल्लले १३ र भिम शार्कीले ११ रन बनाए ।

पुलिसको लागि गुलशन झाले दुईइ विकेट लिँदा ललित राजवंशी, रशिद खान र दीपेन्द्र सिंह एरीले समान एक- एक विकेट लिए ।

हारसँगै आर्मीले रजत पदकमा चित्त बुझाएको छ । तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनए विचको खेल बर्षाका कारण हुन नसके पछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *