आज श्री शाके १९४४ वि.स.२०७९ भदौ ३१ गते शुक्रबार इश्वी सन् २०२२ सेप्टेम्बर १६ तारीख आश्विन कृष्णपक्ष षष्ठी पश्चात् सप्तमी तिथि कृत्तिका पश्चात रोहिणि नक्षत्र हर्षण योग वणिज करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु सप्तमीश्राद्ध (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्न सक्नेछ । वित्तीय क्षेत्रमा गरिएको लगानीले दीर्धकालीन फाइदा दिलाउनेछ । कार्यक्षेत्र परिर्वतनको समेत सम्भावना रहेको छ । वाणिका कारण आफन्तजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायको निम्ति तथा नयाँ लगानीका लागि राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय व्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउला । भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य आर्थिक अभावको सामना गर्नु पर्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुनेछ । सामान्य यात्राको सम्भावना रहेको छ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । मनोरञ्जनका क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रतिपक्षीहरू सबल रहनाले कार्य सम्पादनमा झन्झट बेर्होनु पर्ला । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकारका क्षेत्रमा धेरै समय र परिश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाइदा हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनु पर्ने सम्भावना रहेको छ । अनावश्यक यात्राको सम्भावना रहेको छ । प्रतिश्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाइ तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा विशेष फाइदा पुग्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा अरूको दवाबको अनुभव हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेरजन्य कार्यमा सहभागिताको योग रहेको छ । सभासम्मेलनमा पनि समय बित्न सक्छ । तपाईँको कार्यको फल अरूलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यावसायकाे क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरूमा सफलता हात लाग्ने छन् । अध्यन अध्यापनमा लगाइएको समय महत्त्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अपरिचित व्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फसिँएला, सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहने छन् । मानसम्मानमा आँच आउन सक्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भावना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले व्यक्तित्व विकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहनेछ । वाैद्धिक व्यक्तित्वहरूकाे अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् । आफूभन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाइदामुलक साबित हुने छन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक स्राेतसाधनको प्रयोगमा समय व्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मान्यजनहरूको साथ सहयोगमा जटिल कार्यहरू सम्पादित रहनेछन । अरुको दवाबको अनुभव हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परिश्रम खर्चिनु पर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहने छ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा वृद्धि हुनेछ ।