लोकसेवाको अन्तर्रवार्ता लिँदालिँदै एक जना बेहोस

कैलाली, भदौ २७ । कैलालीको बर्दगोरिया गाउँपालिकामा नापी शाखामा कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिने व्यक्ति बेहोस भएका छन्। सोमबार बिहान अन्तर्वार्ता लिइरहेका विषय विज्ञ रणसिंह रावल बान्ता भएर बेहोस भएका हुन्।

अन्तर्वार्ताकै क्रममा उनी बिरामी भएको पालिकाले जनाएको छ। अहिले उनलाई अस्पताल लगिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले बताए। रावलको अवस्था सामान्य रहेको उनले बताए।

अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना प्रशिक्षार्थी सहभागी थिए। जसमध्ये १० जनाको अन्तर्वार्ता लिइसकिएको छ। अहिले अन्तर्वार्ता रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *