अझै भेटिएनन् महाकालीमा बेपत्ता १० जना

दार्चुला। शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् ।

महाकाली नगरपालिका– ३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, महाकाली नगरपालिका– ४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली नगरपालिका– २ का मानमती साहु, महाकाली नगरपालिका– १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजित लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । महाकाली नदी किनारनजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ । प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार महाकाली र नौगाडमा बाढीपहिरोबाट ४२ वटा घर पूर्ण क्षति भएको छ । नौवटा आंशिक र ४० बढी घर उच्च जोखिममा छन् । बाढीपीडित जिल्ला समन्वय समितिको कार्यालयमा आश्रय लिएर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *