आज भदौ २७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २७ गते सोमबार इश्वी सन २०२२ सेप्टेम्बर १२ तारीख आश्विन कृष्णपक्ष द्वितीया तिथि पश्चात तृतीया तिथि उत्तरभाद्रपदा नक्षत्र गण्ड योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु तृतीयाश्राद्ध (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सकरात्मक सोचको कारण सामुहिक दायित्व हात लाग्नेछ । जीवन साथीको सहयोगले अचल सम्पत्ति  प्राप्तिको योग रहेको छ । मित्रसगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । स्वास्थसम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्रत्यासितरूपमा मित्रजनसगँको भेटले मन प्रफुल्लित रहनेछ । नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्नसक्ला । पारिवारिक साथ सहयोगले आम्दानी वृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानीले झन्झट आइपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेको छ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक समस्याबाट बच्न सकरात्मक सोचको आवश्यक पर्न सक्ला । परिस्थितिसगँ जुध्ने क्षमतामा वृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले वाैद्धिक तथा आर्थिक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परिवारमा बिताएको समय फाइदाजनक रहला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान्यजनको स्वास्थमा देखिएको खराबीले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोगद्वारा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भावना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनुहोला । अरुको कुरामा खासै ध्यान नदिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्न सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईँको परोपकारी भावनाको फाइदा अरुले उठाउनाले तपाईँ कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन् । अर्काको खुशीको लागी अनावश्यक समय र धन खर्च गर्नुपर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्थान परिवर्तनले मानसिकरूपमा समस्या आइपर्न सक्ला । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाइदाजनक रहनेछ । नयाँ कार्यको थालनीले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थ्यमा आएको असरमा वृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नुपर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परिश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलताको प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरे कै बेश हुनेछ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्तिहरुसगँको सम्बन्ध टाढिएला । जीवन साथीको खराब स्वास्थले कार्यक्षेत्र प्रभावित रहन सक्नेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि तथा नेतृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा विषेश ध्यान दिनुहोला । परिस्थितिसगँ जुध्नसक्ने क्षमताको खाँचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यको बेवास्ताले मान्यजनलाई ठेस पुग्नेछ । पारिवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रही अघि बढ्नुहोला । वाैद्धिक ब्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । नयाँ लगानीमा उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *