आज भदौ २६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २६ गते आइतबार इश्वी सन् २०२२ सेप्टेम्बर ११ तारीख आश्विन कृष्णपक्ष प्रतिपदा तिथि १४:१९ पश्चात द्वितिया तिथि पूर्वभाद्रपदा नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा चर योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु सोह्रश्रद्धारम्भ प्रतिपदाश्राद्ध पूञ्चलीभूजा द्वितीयाश्राद्ध (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नुपर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनकाे समय मध्यम रहनेछ । प्रतिस्पर्धाजन्य कार्यका क्षेत्रमा तपाईँको अब्बल स्थान प्राप्त रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानी उठाउन समयले विशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ति समय उत्तम रहनेछ । मित्रजनहरुसगँको भेटघाटमा समय व्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफूभन्दा सानाको सहयोगले गरिएका कार्यहरु फाइदाजनक रहने छन् ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथीभाइहरुको खराब संगतका कारण सामान्य अपजस आईपर्नेछ । साझेदारीकाे कामका क्षेत्रमा सामान्य झन्झट बेहाेर्नुपर्ला । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनुहोला । अर्काको खुशीको लागी अनावश्यक समय र धन खर्च गर्नुपर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिका कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम सम्बन्धमा सुधार आउनेछ । जीवनसाथीको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय व्यतित हुनसक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्यक्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिपक्षीहरु सबल रहनाले कार्यक्षेत्रमा साबधान रहनुहोला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने व्यक्तिको कमि नरहला । बोल्दा सजग रहनुहोला । बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन् । स्वास्थसम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्नसक्ला । सामान्य चुनौती  पश्चात आम्दानी राम्रो रहनेछ । बौद्धिक व्यक्तित्वहरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धी समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।  क्रोध बढ्नसक्ने छ । यसकाे सिकार भइनेछ, सजग रहनु होला । पारिवारिक समस्याले सताउन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थितिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेलमिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउनसक्ने सम्भावना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आयमुलक कार्यको थालनी हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नुपर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरुबीचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुनसक्छ । परिवारमा बिताएको समय फाईदाजनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ लगानीको क्षेत्रमा समय राम्रो छैन, सजग रहनु होला । वाणिको चातुर्यताले नयाँ मित्र बन्न हुन सक्छन् । सामान्य चोटपटकको सिकार हुन सकिन्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहीले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखापर्नेछ । अरुको कार्य सम्पादन गर्दा प्रेरणाको स्रोत बन्न सकिएला । काममा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *