आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २१ गते मंगलबार इश्वी सन २०२२ सेप्टेम्बर ६ तारीख भाद्र शुक्लपक्ष एकादशी तिथि पूर्वाषाढा नक्षत्र आयुष्मान योग बणीज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु हरिपरिवर्तिनी एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । अरुको कारण अनावश्यक यात्राको सम्भावना रहेको छ । साथीभाइहरुको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । धार्मिक कार्यका निम्ति सामान्य खर्चको योग बन्नेछ । पारिवारीक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जीवन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पूर्ण हुनेछन् । बोलीको प्रभावको कारण मान्यजन को साथ पाइनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पूर्ण बिश्वासले तपाईँलाई आघात दिलाउला । सञ्जित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन् । बौद्धिक ब्यक्तित्वसगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृपक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अपजस आईपर्ने छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निराशापूर्ण रहला । कार्यक्षेत्रमा लगाइएको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँट शाहसको कमीले कार्यमा ब्यवधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरिएका कार्यले झन्झट दिलाउला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पतीबीच सामान्य मनमुटाब रहला । वाणि तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्दी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनुपर्नेछ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नाे प्रिय व्यक्तिसगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानीमा सुधार ल्याउनु पर्नेछ । लापरबाहीले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बृद्धिका लागि बिद्धत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदायक रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । बोलीको कारण साथीभाइ टाढिन सक्छन । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थसम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परिस्थितीसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को राम्राे फल प्राप्त हुनेछ । ब्यापार ब्यबसायमा राम्राे समय रहेको छ ।