आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २० गते सोमबार इश्वी सन् २०२२ सेप्टेम्बर ५ तारिख भाद्र शुक्लपक्ष दशमी तिथि मूल नक्षत्र प्रीति योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु मानवबेचविखन विरुद्धको राष्ट्रिय दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाइहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मिक यात्राको सम्भाबना रहेको छ । कार्यक्षेत्रको लापरवाहीले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वाणिका कारण आफन्तजनहरुसगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भावना रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । आम्दानीका स्राेत फेला परे तापनि शारीरिक आलस्यताले भने सताउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक साथ सहयोग द्वारा व्यापार व्यावसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरिरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलनमा सहभागिताको अवसर जुट्नेछ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भावना रहेको छ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेको छ । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनु उत्तम रहनेछ । प्रतिस्पर्धजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ लगानीका निम्ति समय उत्तम साबित रहनेछ । आयआर्जनका विभिन्न स्राेतहरु फेला पर्नेछन् । विशिष्ट ब्यक्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेको छ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावनासमेत रहने छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक स्राेतसाधनका्े प्रयोगमा समय व्यतित रहनेछ । स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम सावित रहने छ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा कमी महसुस रहनेछ । गरिरहेको कार्यक्षेत्रबाट मान सम्मान प्राप्तिको योग बन्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरिरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सवारी साधनको यात्रामा विशेष सजग रहनुहोला । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको विशेष दायित्व हात लाग्ने सम्भावना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्थिर क्षेत्रमा लगाइएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलनजन्य कार्यमा सहभागिताको योग रहेको छ । खानपानमा विषेश सावधानी अपनाउनुहोला । अरुको अनुशरणले तपाईँलाई सामान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रजनको साथ सहयोगमा कमी महसुस हुनेछ । पारिवारीक मेलमिलापमा सुधार आउनेछ । व्यापार व्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसिक चन्चलताको सामना गर्नुपर्ने छ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च बढ्ने दिन रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जनका निम्ति उत्तम समय रहेको छ । साझेदारी तथा नयाँ कार्यको थालनी भने दीर्घकालीन नरहला । अध्यन अध्यापनका निम्ति समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा विशेष कार्यहरु सम्पादित रहनेछन । शीपमूलक कार्यका क्षेत्रबाट आम्दानी दीर्घकालीन रहनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य सम्पादनमा दृढताको कमीले अधिक श्रम खर्चनु पर्ने सम्भावना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परिवारका सदस्यहरुसँग क्षणिक बियोगको सम्भावना रहेकोछ । प्रतिस्पर्धाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहला ।