बार्सिलोना शानदार जीत

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।

२१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । खेलको ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो ।

बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ । चार खेलबाट १२ अंक जोडेको रियल म्याड्रिड शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *