आज भदौ १९ गते आईतबार, यस्तो छ आजको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १९ गते आइतबार इश्वी सन् २०२२ सेप्टेम्बर ४ तारीख भाद्र शुक्लपक्ष अष्टमी तिथिपश्चात नवमी तिथी ज्येष्ठा नक्षत्र विंष्कुम्भ योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अष्टमीव्रत गोरखकालीपूजा, राधाअष्टमी, कायाअष्टमी कागेश्वरीमेला ल.पू. दशमहाविद्यापूजा आदूखनवमीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपानमा विशेष सावधानी अपनाउनुहोला । आफन्तजनहरुसगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य परिवर्तनको सम्भावना रहेको छ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको विश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानी रहनुपर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छिटो विश्वास गर्ने बानिको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुनसक्छ । कुरा काट्ने  व्यक्तिहरुको वृद्धि हुनेछ । शत्रु सबल रहलान् । स्वास्थ सम्बन्धी समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा धेरै हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । तपाईँको प्रगतिमा आरीस गर्नेहरुबाट बच्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कामको क्षेत्रमा भने साधारण झन्झट तथा अपजस सहनुपर्ला । आय आम्दानीमा बृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नुपर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भावना रहनसक्छ । कार्यक्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारीरिक आलस्यताले सताउने छ । साझेदारी काममा हात नहालेकै बेस हुने छ । जीवन साथीको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्तिबाट धोका हुनाले गरिरहेको काममा विशेष झमेला पर्न सक्छ । दम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्झट  ब्यर्होनुपर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । मेहेनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्रसगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन स्राेतहरु फेला पर्नेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोही सदस्यहरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौद्यिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला, सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएका कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीका क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाइ हुनाले सामान्य अपजस सहनुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *