प्रदेश सरकारको विरोध सहरियाले मात्रै गरेका छन् : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको विरोध सहर बजारमा भइरहेको बताएका छन्। शुक्रबार प्रदेश सभाको अन्तिम दिनको अवसरमा आयोजित एक कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन्।

‘सहर बजारमा प्रदेश सरकारको काम र संघीयताको मर्म बुझिन्न,’ उनले भने, ‘अभावमा रहेको जनताले बुझ्छ प्रदेशको काम र यसको मर्म। सामाजिक सञ्जालमा प्रदेश सरकारको विरोध गर्नेहरु सबै सहरका हुन्।’ यस्तै उनले जनताका अपेक्षा धेरै भएपनि गर्न सकिने कुराहरु आफूले पुरा गरेको बताए। विकासका लागि राजनीतिभित्र भएको एकात्मक सोच परिवर्तन हुनुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *