आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १८ गते शनिबार इश्वी सन् २०२२ सेप्टेम्बर ३ तारीख भाद्र शुक्लपक्ष सप्तमी तिथि पश्चात अष्टमी अनुराधा नक्षत्र वैधृती योग वणिज करण चन्द्रमा बृश्चिक राशीमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सूर्य दक्षिणायन वर्षा ऋतु महालक्ष्मीव्रत आरम्भ दुर्वाष्टमी,गौरापर्व थकाली फालोपर्व (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
बाणीका कारण आफन्त-जनहरुसगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजसको सम्भाबना रहेकोछ । खानपानमा विषेश साबधानी अपनाउनुहोला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नुपर्ने सम्भाबना रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवन साथीको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसायमा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीरुको बृद्धि हुनाले कार्य सम्पादनमा विषेश ध्यान पुर्याउनुपर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भावना रहेको छ । आकस्मिक खर्चको सामना गर्नुपर्नेछ । आयआर्जनका लागि भने समय उत्तम रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको कार्य लापरबाहीको प्रतिफल तपाईँलाई आईपर्न सक्नेछ । साझेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पूर्ण विस्वास नगर्नु राम्रो हुनेछ । कुरा काट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक साथ सहयोगमा गरिएका कार्यहरु दीर्घकालिन फाईदाका स्राेत साबित हुनेछन् । पति पत्नि बीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा विशेष साबधानी अपनाउनु होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रजन तथा दाजुभाइबीचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नुपर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नुपर्न सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौधिक ब्यक्तित्वसगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । मित्रजनको साथ सहयोगमा कमी रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साझेदारीमा भने सामान्य असमन्जस्यता उत्पन्न हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जीवन साथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानी तथा साझेदारी कार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परिणत हुनेछन् ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्षी तथा प्रतिस्पर्धीहरुको बृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ । तथापि साझेदारीकाे काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नुपर्नेछ । सामान्य कार्यसम्पादनमा अधिक परिश्रको सम्भाबना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य यात्रा पश्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।