नयाँदिल्ली । उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विगतमा मुस्लिम शासकहरूले विभिन्न सहर, सडक तथा महलहरूको नामलाई फेर्न थालिएको हो । योगीले पछिल्ला चार वर्षमा भूपालका ८० वटा सडकको नाम फेरिसकेका छन् ।
पछिल्लो समय विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्तावले भारतीय सञ्चार माध्ययममा विशेष चर्चा पाइरहेको छ । योगी सरकारले ताज महलको नाम फेरेर तेजो महालय राख्ने प्रस्ताव गरिएको छ ।
परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ । तर, यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय हुनुपर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको विवाद बढाइएकै बेला नाम फेरिने प्रस्ताव पनि आएको हो ।