राज्यमन्त्रीबाट हटाएको केही घण्टामै चौधरीसहित एकीकृत समाजवादीका नेताको ठूलो टोली एमाले प्रवेश

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा आवद्ध नेताको ठूलै टोली एमालेमा फर्किएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार उनीहरुलाई पार्टीमा स्वागत गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनीहरु एमालेमा फर्किएका हुन्।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्।

यस्तै आजै मात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन् । उनीहरु सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *