काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले तिज पर्वले सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। मंगलबार हरितालिका तिज एवं गौरा पर्वको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
‘सांस्कृतिक पर्व तिजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण महिलालाई प्रेरणाा दिनेछ भन्ने मेरो विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ।
एमालेले सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको आन्दोलन अघि सारेको उल्लेख गर्दै उनले उक्त आन्दोलनलाई सफल बनाउन महिलाको बलियो साथ रहने विश्वास व्यक्त गरेका छन्।