चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकै गाउँका तीन महिलाको ज्यान गएको छ ।

जिल्लाको गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँका महिलाको मृत्यु भएको हो । खेतमा काम गरिरहेका उनीहलाई आज बिहान ८ बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकी ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको बताए ।

चट्याङ लागेर घाइने भएकी सोही गाउँकी ४० बर्षिया सैलिदेवी सामान्य घाइते भएकी छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *