पशुपतिमा तीजको रौनक…(फोटोफिचर)

काठमाडौं। हिन्दु नारीहरुको महान पर्व तीजको रौनक सबैभन्दा बढी यतिखेर पशुपतिनाथमा देखिएको छ । हजारौँको संख्यामा पशुपतिनाथको दर्शन गर्न आएका महिलाहरु पुजापाठसंगै नाचगान गरेर रमाइरहेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा दर्शनार्थीले छिटोभन्दा छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

\

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *