कर्णालीका दुई मन्त्रीद्वारा राजीनामा

कर्णाली । कर्णाली प्रदेशका दुई जना मन्त्रीले आइतबार राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका छन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ ।

शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीहरूलाई मुख्यमन्त्री शाहीले आज नै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *