काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूलाई आजबाट निवेदन आह्वान गरेको छ। आयोगले शुक्रवारदेखि भदौ १२ गतेसम्म निवेदन दिइसक्न समय दिएको छ।
प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो।