कांग्रेस उपसभापति गुरुङले गरे बालेनको प्रशंसा

काठमाडौ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौंका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् ।

महानगरभित्र अनाधिकृत रुपमा बनाईएका संरचना, अनाधिकृत रुपमा पुटपाथका राखिएका पसल हटाउने कार्य सुरु गरेकोमा नेता गुरुङको प्रशंसा गरेका हुन् ।

नेपाली कांग्रेस जस्तो देशकै नेतृत्व गरेको पार्टीको उच्च तहबाट खुल्लामखुल्ला रुपमा आएको बालेनको यो नै पहिलो प्रशंसा हो । राजनीतिक दलहरुले स्वतन्त्र उम्मेद्वारको बिरोध गरेका भएपनि नेता गुरुङले राम्रो कार्यको खुलेर समर्थन गरेका छन् ।

उनले भनेका छन्ः ‘शालिक बनाउने’ काठमाण्डौंको मेयरको निर्णय सुन्दा मलाई लागेको थियो ‘जुन जोगी आए पनि कानै चिरेको’ तर अनधिकृत रुपमा बनाइएका घर–टहराहरु भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु। यस कार्यको खुलेर प्रशंसा गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *