काठमाडौं । नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ। १६ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सबै दललले बढी सिटमा दावी गरेका छन।
नेपाली कांग्रेसले कम्तीमा १० निर्वाचन क्षेत्र आफूले पाउनु पर्ने दावी गरेको छ भने नेकपा माओवादी केन्द्रले ५ निर्वाचन क्षेत्र र एकिकृत समाजवादीले ५ निर्वाचन पाउनु पर्ने अडान राखेका छन। सिट बाँडफाँटका हिसावले डोटीमा सबैभन्दा बढी सकस रहेको छ ।
तीन वटै दलका हेभीवेट नेताको निर्वाचन क्षेत्र रहेको डोटीमा तीनै दलको बलियो दावी रहेको छ। नेपाली कांग्रेसका प्रदेश कमिटी अध्यक्ष तथा पुर्व संघीय सरकारका मन्त्री बिरबहादुर बलायर, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट र एकिकृत समाजवादीका पुर्व मन्त्री प्रेम बहादुर आलेले डोटीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने चाहना राखेका छन। १ निर्वाचन क्षेत्र रहेको डोटीमा तीन वटै दलको शसक्त दावी हुदाँ कसलाई भागबण्डा मिलाउन सकस भएको बताइएको छ।
गत बैशाख ३० गतेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ स्थानीय तह मध्ये ७ मा जितेको थियो। ७ स्थानीय तह जितेको र एक्लै लड्दा पनि जित्न सकिने भन्दै नेपाली कांग्रेसले आफूले पाउनु पर्ने दावी गरेको छ भने २०७४ सालको निर्वाचनमा आले बिजयी भएकाले एकिकृत समाजवादीले पाउनुपर्ने अडान राखेको छ। मुख्यमन्त्री भैसककेकोले प्रतिनिधी सभाको चुनाव लड्ने भन्दै माओवादीका नेता भट्टले पनि लबिङ गरिरहेका छन।