काठमाडौं । सर्वाजनिक शिक्षा सुधार अभियानमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले दलगत आवद्धता त्याग्न निर्देशन दिएका छन्।
सर्वाजनिक शिक्षा सुधारको सवालमा शिक्षक कर्मचारी विद्यालय र विद्यार्थीप्रति इमानदार भई नितान्त शिक्षण सिकाइमा लाग्नुपर्ने आजको आवश्यकता महसुस गरी मेयर बालेनले दलको सदस्यता नत्याग्ने शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षा ऐन, राजनीतिक दल दर्तासम्बन्धी ऐन र महागनरपालिका कर्मचारी सेवा ऐनमा समेत पहिलेदेखि नै सार्वजकि पद धारण गरेका शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको र सोही कानुन पालना गराउने सन्दर्भमा निर्देशन जारी गरेको उनले बताएका छन्। उनले निर्देशन जारी गर्दै काठमाडौं महानगरपालिकाअन्र्तगतका शिक्षक तथा कर्मचारीलाई दलीय आवद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता समेत नलिन आग्रह गरेका छन्।
उनले कुनै शिक्षक वा कर्मचारीले कुनै दलको सदस्यको रूपमा राजनीतिक आवद्धता कायम राखेको भएमा त्यस्तो आवद्धता तत्काल त्याग्न पनि निर्देशन दिएका छन्।
शिक्षा ऐन २०२८ को आठौं संशोधनको दफा १६ को (ङ)को उपदफा ५ को खण्ड (छ) मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्थासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७३ असारमा जारी गरेको थियो। यो ऐनले कार्यकारी समिति भनेको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको व्याख्या गरेको छ। नागरिक दैनिकबाट