मतदाता रिझाउन घोषणापत्र तयारी गर्दै दलहरु

काठमाडौ। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा जुटेका छन् ।

४ मंसिरमा हुने निर्वाचनमा मतदाता आकर्षण गर्न राजनीतिक दलहरूले घोषणापत्र बनाउने गृहकार्य थालेका हुन् । उनीहरू पार्टीभित्र छलफल गर्दै घोषणापत्र मस्यौदा तयारी समिति गरी सोको आन्तरिक तयारीमा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलसमेत घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा छन् ।

यी राजनीतिक दलले विगतका निर्वाचनमा घोषणापत्रमार्फत जनताका माझमा गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै गर्दा पुरानै योजना तथा पूरा गर्न नसकिने योजनाका साथ सुन्दर, मिठो एवं गहकिलो नारासहितको घोषणापत्रको मस्यौदा गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, रोजगार, शान्ति सुरक्षालगायतका विषयमा केन्द्रित भई मस्यौदा तयारी गरिरहेको बताइएको छ । यिनै विषयलाई प्राथमिकता दिएका राजनीतिक दलले अन्य महत्वपूर्ण गौरवका आयोजनालाई समेत आफ्नो घोषणापत्रमा समेट्ने बताएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *