प्रचण्डद्वारा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक तथा बौद्धिक व्यक्तित्व प्रदीप गिरिको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीको लागि गिरिको पार्थिव शरिर यतिवेला कांग्रेस पार्टी कार्यालय, सानेपामा राखिएको छ । यसअघि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिको पार्थिव शरिरमा पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गरे । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *