शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ। पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्न अहिले बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

नेता गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा गय राति ९ः ३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरीरलाई अहिले ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको छ । साथै नेता गिरीको शव ११ः ३० देखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *