सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। साउन दोस्रो साताबाट कोरोना भाइरसको नयाँ लहर फैलिन सुरु भएकोमा पछिल्ला दिनहरूमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ।

एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा पनि कोभिड–१९ संक्रमित भर्ना हुने क्रम बढ्दै गएको छ।

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले तीन सातायता कोरोना संक्रमणका बिरामी अस्पतालमा आउने क्रम बढ्दै गएको बताए। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ४ सय ३४ सक्रिय संक्रमित रहेका छन्।

कैलालीमा र कञ्चनपुरमा संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोनाको संक्रमण बढ्दै गए पनि जटिल प्रकृतिका लक्षण कम देखिएको चिकित्सक बताउँछन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *