माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा केही समयअघि सुरु भएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गर्ने भएका छन्।

संभवतः आजको बैठकले पदाधिकारीको टुंगो लगाउने नेताहरुले बताएका छन्। बुधबार बसेको पार्टीको बैठकले पदाधिकारीबाहेक सबै समितिको टुंगो लगाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *