काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ ।
यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर साँझ ६ बजेका तय गरेको थियो । तर, नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण विहिबारको बैठक स्थगित भएको थियो ।
आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । .