निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई ओलीको निर्देशन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ हुने आम निर्वाचनमा पार्टीले वहुमत ल्याउने बताएका छन् ।

बिहीबार झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने बताएका हुन् ।

उनले भने, ‘सत्ता गठबन्धनमा रहेका दलहरू एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मत त राख्दैनन् नै । पाँचदलीय गठबन्धनले नपुगेर उनीहरु आठ÷दश दलको गठबन्धन बनाउने कसरतमा छन्।’

अध्यक्ष ओलीले उनीहरूको गठबन्धनमा सामेल हुने कतिपय पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे नभएका बताए ।

अध्यक्ष ओलीले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि दिए । उनले भने, ‘तपाईंहरू उच्च मनोबलका साथ जनताको घर–घर जानुहोस् । जनताको घर–घरमा गएर एमाले सरकारले गरेका कामहरूबारे जानकारी गराउनुहोस्, । एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो ।’

झापाको कचनकवलमा राप्रपा र नेपाली काँग्रेस परित्याग गरी एकहजार पाँचसय भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरे । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *