मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा घाइते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यलय पिराराले जनाएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षिय रमेश विक र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल विक रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *