संसद् बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं। अहिले बिहान ११ बजे संघीय संसद अन्तगत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी रहेको छ ।

संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

राष्ट्रपतिले साउन २९ गते सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्। साउन ३० गते विधेयक फिर्ताको सन्देश प्रतिनिधि सभामा पेस गरिएको थियो।

संसद बैठक बस्नुअघि अहिले बिहान १० बजे सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक पास गर्ने लगायतका विषयमा छलफल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *