साफ च्याम्पियनसिपको लागि समितिहरु गठन

काठमाडौं । काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिपको लागि विभिन्न समिति गठन भएको छ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा रहेको मूल आयोजक समितिले मंगलबार विभिन्न समिति गठन गरेको हो।

एन्फा कम्प्लेक्समा मंगलबार बसेको आयोजक समितिको बैठकले समिति गठन गर्दै सबै समितिमा संयोजकसमेत तोकेको हो । एन्फाले यसअघि नै प्रतियोगिताका लागि रवीन्द्र चन्दलाई भेन्यु म्यानेजर र विजय घलेलाई स्थानीय महासंयोजकमा नियुक्त गरिसकेको छ । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ,  प्रसारण र डिजिटल अधिकार समितिको संयोजकत्वमा सन्जिव शिल्पकार रहेका छन् भने सुरक्षा प्रमुखको संयोजकमा दिनेश ब्यञ्जनकार निधो भइसकेको छन् ।

बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ । साफ च्याम्पियनसिप आगामि भदौ २५ गतेबाट काठमाडौंमा आयोजना हुँदैछ ।

यस्ता छन् समिति र संयोजक

आतिथ्य समितिः मनिष जोशी

स्वास्थ्य समितिः रमेश ब्यञ्जनकार

होटल तथा यातायात समितिः पुरुषोत्तम थापा

प्राविधिक समितिः कृष्ण थापा

रेफ्री संयोजक समितिः बुद्धि गुरुङ

समारोह समितिः विकास नारायण श्रेष्ठ

प्रचार समितिः सुरेश शाह

नेपाली राष्ट्रिय टोली व्यवस्थापन समितिः सरिला श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *