पूर्वमन्त्री यादव एमाले प्रवेश

बुटवल । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बाँके जिल्लाको २ को (१) बाट निर्वाचित प्रदेश सांसद यादवलाई नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्मा लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा जसपाबाट मन्त्री बनेपछि उनलाई जसपाले सांसदबाट हटाउन गरेको सिफारिस अनुसार उनको सांसद पद गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *