खर्च कटौती गर्न सरकारी निकायलाई श्रीलङ्काली राष्ट्रपतिको निर्देशन

श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् ।

उनले विज्ञप्ति जारी गरी सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताइएको छ ।

श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *