आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो ।

उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर घर बनाएको आरोप छ । उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।

म्यानमारमा २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुचीलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो । ७७ वर्षीया नेता सुकीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको र कोरोना विरुद्धको नियम उल्लंघन गरेको लगायतका मुद्दामा दोषी ठहर गरेको थियो ।

गत महिना मात्रै जुन्ता सरकारले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्व सांसद फ्यो जेया थाउलाई आतंकवाद विरोधी कानुनअन्तर्गत अपराधमा मृत्युदण्ड दिएको थियो ।

सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गरेको छ । उनीमाथी भ्रष्टाचारदेखि चुनाव उल्लङ्घनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ ।

आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *