सिक्स ए साइड फुटसलको उपाधि तारा एण्ड दीपक मेमोरियललाई

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी-५ बेलचौतारामा अस्मित रानाको आयोजनामा भएको पहिलो सिक्स ए साइड फुटसल प्रतियोगिताको उपाधि कास्कीको तारा एण्ड दीपक मेमोरियल फुटसल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा तनहुँको जनसेवा ‘ए’लाई टाइब्रेकरमा २-१ गोलले पराजित गर्दै तारा एण्ड दीपक मेमोरियलले उपाधि चुमेको हो ।

सेरास्थित एडीएसएल फुटसल एरिनामा भएको खेलको निर्धारित १०-१० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धलेलिएको थियो । ३/३ पटक प्रहार गरिएको पेनाल्टी सुटआउटपनि १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको खेलमा एक गोल गर्दै तारा एण्ड दीपक मेमोरियलले पहिलो संस्करणको फुटसलको उपाधि जितेको हो ।

जीतसँगै मेमोरियलले नगद ३० हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता जनसेवाले नगद १५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी जनसेवाका विशाल सरु मगर र उत्कृष्ट गोलकिपर तारा एण्ड दीपक मेमोरियलका रोशन क्षेत्री चुनिए । दुवैले समान दुई/दुई हजारसँगै ट्रफी हात पारे । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भने मूल नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की र तनहुँका गरि कुल ३२ टिमको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *