काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।
आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको बताए।
उनले भने, ‘म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न पनि मिल्दैन । अब तपाईंहरुले उपचार गराइदिनुभयो भने त्यो छुटै कुरा हो नभए मसँग उपचार गर्ने पनि पैसा छैन ।’
आफ्नो उपचारमा खर्च गर्नका लागि दान गरेको घरजग्गा बेच्न पनि नपाइने बताउदै उपचार खर्च नभएको अध्यक्ष ओलीले भनाइ छ। ‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्या बेच्न मिल्दैन,’ उनले भने।