क्रिकेटका मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँमा आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन् । मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् ।

मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । बिमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया दिएका छन् ।

मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरुभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने बताए । आफूले सजिलोको लागि जिम्मेवारी नलिएको भन्दै उनले अन्तराष्ट्रिय स्तरको टीम बनाउन सक्दो मेहनत गर्ने बताए । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो ।

मुख्य प्रशिक्षक प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको बताएको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *