साम्बाको पाँच गोलमा केरेलाको फराकिलो जीत

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले पाँच गोल गरेपछि गोकुलम करेलाले करेला महिला लिगको पहिलो खेलमा फराकिलो जीत निकालेको छ । बुधबार बेलुकी सम्पन्न उद्धाटन खेलमा करेला युनाइटेड एफसीलाई ११-० गोलले पराजित गर्दै गोकुलमले लिगमा उत्कृष्ट शुरुवात गरेको हो ।

खेलमा सावित्राले एक्लैले पाँच गोल गर्दा कश्मिना, रेश्मा, भिभिन सन्धिया र हर्मिलनले एक/एक गोल थपे । सावित्राले खेलको तेस्रो, नवौं, २७ औं, ३५ औं र ५६ औं मिनेटमा गोल गरेकी हुन् ।

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *