थप ८६८ जना कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ८६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ६,७०५ जनाको नमुना परीक्षण गर्दा ८६८ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ३ जनाको मृत्यु भएको छ । त्यस्तै ४१४ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,८८५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *