बझाङमा एकै घरका तीन जना मृत फेला

धनगढी । बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् । उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए ।

उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन् । गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *