सुपर कपको उपाधिको लागि आज रियल म्याड्रिड र फ्रान्कफुर्ट भिड्दै

एजेन्सी । युईएफए च्याम्पियन्स लिगको उपाधिको लागि आज स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब इन्ट्राच्ट फ्रान्कफुर्ट भिड्दैछन् ।  हेलसिन्कीस्थित ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई १-० गोलले पराजित गर्दै सर्वाधिक १४ औं पटक युरोपियन च्याम्पियन बनेको रियल म्याड्रिड फ्रान्कफुर्टलाई हराउँदै पाँचौपटक सुपर कपको उपाधि उचाल्न चाहन्छ । च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मन(पीएसजी), चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुललाई पन्छ्याएको म्याड्रिड आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

गत महिनामात्र प्रि-सिजन सुरु गरेको म्याड्रिडले मैत्रीपूर्ण खेलमा सोचेअनुरूप प्रदर्शन गर्न सकेन । पहिलो खेलमा बार्सिलोनासँग पराजित भएको म्याड्रिडले दोस्रो खेलमा क्लब अमेरिकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो । युभेन्ट्सलाई २-० गोलले पराजित गर्दै प्रि-सिजनको सुखद अन्त्य हरेको म्याड्रिड सुपरकपको उपाधि जित्दै सिजनको सुरुवात गर्न चाहन्छ ।

यता गत सिजन रेन्जर्सलाई हराउँदै ४२ वर्षपछि युईएफए कपको उपाधि जितेको फ्रान्कफुर्ट फेरी एकपटक युरोपेली फूटबलको सबैभन्दा सफल टोलीलाई स्तब्ध बनाउँदै उपाधिमा आफ्नो नाम लेखाउन चाहन्छ । युरोपा लिगको उपाधि जित्ने क्रममा फ्रान्कफुर्टले वेस्टहाम, रियल बेटिस र बार्सिलोनालाई पराजित गरेको थियो ।

प्रि-सिजनमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्कफुर्टले बुन्डेसलिगाको पहिलो खेलमा भने साविक विजेता बायर्न म्युनिखसँग ६-१ गोलको फराकिलो हार बेहोरेको थियो । त्यसैलेपनि फ्रान्कफुर्टले उक्त हारलाई बिर्सिदै आजको खेलमा ६२ वर्ष अगाडि भोगेको हारको बदला लिन चाहन्छ ।

यसअघि दुई टोलीबीच सन् १९६० मा भएको युरोपियन कपको फाइनलमा रियल म्याड्रिड ७-३ गोलले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *