टेनिस स्टार सेरेना विलियम्सद्वारा सन्यासको घोषणा

एजेन्सी । महिला टेनिस स्टार खेलाडी सेरेना विमियम्सले सन्यासको घोषणा गरेकी छिन् । सेरेनाले मंगलबार राति अर्को महिना सुरु हुने युएस ओपनपछि खेलबाट टाढा रहने बताएकी हुन् ।

गत जुनमा एक वर्षपछि खेलमा फर्किएकी सेरेनले सोमबार मात्रै दोस्रो एकल खेल खेलेकी थिइन् । हाल टिरेन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जीत निकाल्दै दोस्रो चरणमा प्रवेश गरेकी छिन् । तर उनले खेलपछि सन्यास बारे बोलेकी हुन् ।

४० वर्षीय सेरेनाले पछिल्लो पटक सन् २०१७ मा ग्रान्ड स्लामको उपाधि जितेकी थिइन् । उक्त उपाधि जितेपछि उनले सर्वाधिक २४ ग्रान्ड स्लाम जित्ने अष्ट्रेलियन मार्गारेन्ट कोर्टको कीर्तिमानी बराबरी गर्ने कोसिस गरेकी थिइन् । सन् २०१७ मा छोरीलाई जन्म दिएकी सेरेनाले त्यसपछि ४ पटक फाइनलमा पुगेपनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउन सकेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *