एसिया कपको लागि भारतीय टोलीको घोषणा

एजेन्सी । युएईमा हुने एसिया कपको लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले सोमबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतीय टोलीको घोषणा गरेको हो ।

जिम्बाबेको भ्रमणमा विश्राम पाएका विराट कोहली र केएल राहुल टोलीमा फर्किंदा तीब्र गतिका बलर जस्प्रित बुम्रा र हर्सल पटेलले एसिया कप गुमाउने भएका छन् । बीसिसीआईले ट्वीटरमार्फत बुम्रा र हर्सलले चोटको एसिया कप गुमाउने बताएको हो । उनीहरु हाल रिहाबमा रहेका छन् ।

उनीहरुको स्थानमा वेस्ट इण्डिज भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका अर्शदिप सिंह अटाएका छन् भने अन्य तीब्र गतिका बलरमा भुवनेश्वर कुमार र आवेश खान रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा श्रेयस आयर, अक्सर पटेल र दिपक चहार रहेका छन् ।

एसिया कप २७ अगस्ट देखि युएईमा शुरु हुँदैछ । भारतले दुबईमा २८ अगस्टमा पाकिस्तानसँग खेल्दै एसिया कपको शुरुवात गर्नेछ ।

भारतीय टोली:- रोहित शर्मा(कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषव पन्त, दिपक होडा, दिनेश कार्तिक, हार्दिक पाण्ड्य, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, युज्वेन्द्र चाहाल. रवि विश्नोई, भुवनेश्वर कुमार, अर्शदिप सिंह, आवेश खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *